नेपाल धितोपत्र बोर्डबाट सन नेपाल लाइफ इन्स्योरेन्सले २७ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने अनुमति पाएको छ । कम्पनीले २७ प्रतिशत अर्थात १ः०.२७ अनुपातमा १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद सेयर निष्काशन गर्नका लागि अनुमति पाएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्नेछ ।
हकप्रद सेयर निष्काशनका लागि नेपाल एसबीआई मर्चेन्ट बैंकिङले बिक्री प्रबन्धकको काम गर्नेछ । हाल यस कम्पनीको चुक्ता पुँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्काशन भएपछि कम्पनीको चुक्ता पुँजी ५ अर्ब ३ करोड १२ लाख ३२ हजार रुपैयाँ पुग्नेछ ।




















प्रतिकृया