यस्ता छन् युवाका लागि रास्वपाको स्टार्टअप र सूचना प्रविधिका एजेन्डाहरू

यस्ता छन् युवाका लागि रास्वपाको स्टार्टअप र सूचना प्रविधिका एजेन्डाहरू
Advertisement Ads

राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो ‘वाचा पत्र’मार्फत स्टार्टअप र सूचना प्रविधि (IT) क्षेत्रमा व्यापक एजेन्डा सार्वजनिक गरेको छ। पार्टीले सूचना प्रविधि क्षेत्रलाई ‘राष्ट्रिय रणनीतिक उद्योग’ घोषणा गर्दै आगामी १० वर्षमा यसको निर्यात ३ अर्ब डलर पु¥याउने र ५ लाख प्रत्यक्ष रोजगारी सिर्जना गर्ने लक्ष्य अघि सारेको छ।

पार्टीले स्वदेशी स्टार्टअपहरूलाई विश्वव्यापी बजारसँग जोड्ने उद्देश्यले ‘अन्तर्राष्ट्रिय पेमेन्ट गेटवे’ सञ्चालनमा कानुनी र प्राविधिक अड्चनहरू हटाउने र IT सेवा निर्यातमा कर छुट दिने योजना पनि अघि सारेको छ।

साथै, नेपाललाई कच्चा विद्युत मात्र निर्यात गर्ने देशबाट कृत्रिम बौद्धिकता (AI) र कम्प्युटेसनमा आधारित उत्पादन निर्यात गर्ने देशमा रूपान्तरण गर्ने र उपयुक्त नीति बनाएर ‘क्रिप्टो माइनिङ’ सम्भाव्यता पाइलटिङ गर्ने नीति पनि घोषणामा समावेश गरिएको छ।

पार्टीले डिजिटल नोम्याड (Digital Nomad) नीति ल्याउने योजना पनि अघि सारेको छ, जस अन्तर्गत विश्वभर कतै बसेर पनि काम गर्न चाहने डिजिटल नोम्याडलाई भिसा, बसोबास र सहकार्य केन्द्रसँग जोड्ने नीतिगत व्यवस्था गरिनेछ।

डिजिटल व्यवसाय दर्ता प्रक्रिया निःशुल्क र झन्झटमुक्त बनाउने व्यवस्था र उच्च गतिको इन्टरनेट, डाटा सेन्टर, क्लाउड, साइबर सुरक्षा जस्ता डिजिटल पूर्वाधारमा रणनीतिक लगानी गरी डिजिटल अर्थतन्त्रलाई सुदृढ बनाउने लक्ष्य पनि रास्वपाले अघि सारेको छ।

Advertisement Ads

viral Election news post 1 https://bajarkochirfar.com/such-are-the-rsvps-startup-and-information-technology-agendas-for-youth | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स