स्टक ब्रोकर एसोसिएसन अफ नेपालले नयाँ नेतृत्व पाएको छ। यसअघि प्राय: सर्वसम्मतिमा नेतृत्व चयन हुने गरेको भए तापनि यसपटक भने चुनाव बाटै नयाँ कार्यसमिति चयन भएको हो। अध्यक्ष पदमा सागर ढकालले बाजी मारेका छन्। प्रत्यासी राजकुमार तिमिल्सिनालाई २ मतले पछि पार्दै ढकाल विजयी भएका हुन्। कुल ८८ मतमा ढकालले ४५ र तिमिल्सिनाले ४३ मत पाएका हुन्।
यस पटक नेतृत्वका लागि राम्रै भिडन्त भएको थियो। विशेषत: अध्यक्ष पदका लागि दुवै उम्मेदवार कस्सिएर लागिपरेका थिए। अनुभव र योगदानका आधारमा नेतृत्व आफूले पाउनुपर्ने दावी राजकुमार तिमिल्सिनाले गरेका थिए भने एसोसियसनलाई नयाँ जोश जाँगरका साथ प्रभावकारी रुपमा अघि बढाउन सक्षम रहेकाले नयाँ अनुहारले अवसर पाउनुपर्ने दावी ढकालले गरेका थिए। यस पटकको नेतृत्व चयन रोमाञ्चक बनेको छ। साविकका दुई संगठनहरु स्टक ब्रोकर एसोसियसन र धितोपत्र ब्रोकर एसोसियसन एक आपसमा गाभिए पछि पहिलो पटक नयाँ नेतृत्व चयन भएको हो। पुराना स्टक ब्रोकरहरुको संगठन स्टक ब्रोकर एसोसियसन २०५१ सालमै दर्ता भएको संस्था हो भने २०८० सालमा अनुमति पत्र पाएका नयाँ ब्रोकर हरुले धितोपत्र ब्रोकर एसोसियसन नाम दिएर आफ्नो छुट्टै संस्था खडा गरेका थिए।
ब्रोकर संचालकहरु चुनावमा व्यस्त हुँदा त्यसको प्रभाव भने सेयर बजारमा देखिएको छ। ‘सेयर बजारको उतार चढावमा प्रत्यक्ष / अप्रत्यक्ष रुपमा राम्रै ‘स्टेक’ राख्ने ब्रोकरका साहुजीहरुको ध्यान बजारमा भन्दा पनि चुनाव तिर ज्यादा केन्द्रित भएकाले बिहिबार नेप्से सूचक राम्रै अंकले घट्यो, चुनाव सकिएसंगै फेरी लयमा आउने आंकलन मैले गरेको छु’, निर्वाचन स्थलमा भेटिएका एक ब्रोकर संचालकले भने। हुन पनि गत साता ब्रोकरहरु चुनाव तिर नै बढि केन्द्रित थिए। अध्यक्षका प्रत्यासी तिमिल्सिनाले त राजधानीको एक होटेलमा सम्मेलन नै आयोजना गरेका थिए। ढकाल पक्ष पनि खुलेरै चुनावी प्रचारमा लागेको थियो। प्राय: ब्रोकर संचालकहरु यस पटक साथीहरु राम्रै भिड्ने भए; यो चुनावले टाउको दुखाईसक्यो भन्दै गरेको भेटिन्थे।










![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-768x432.png)

![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-768x432.jpg)





![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

प्रतिकृया