काठमाडौंभित्र सार्वजनिक स्थलमा धुम्रपान गरे प्रत्येकपटक ५०० जरिवाना, पार्किङ र विज्ञापनमा पनि कडाइ गरिने

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण ९ गते
काठमाडौंभित्र सार्वजनिक स्थलमा धुम्रपान गरे प्रत्येकपटक ५०० जरिवाना, पार्किङ र विज्ञापनमा पनि कडाइ गरिने

काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थलमा धुम्रपान गरे प्रत्येकपटक ५०० रुपैयाँ जरिवाना गर्ने भएको छ। हालै सम्पन्न नगरसभाबाट पारित आर्थिक वर्ष २०८२/८३ को आर्थिक ऐन अनुसार सार्वजनिक स्थलमा धुम्रपान, अनधिकृत पार्किङ, अवैध विज्ञापन तथा फोहर फैलाउने गतिविधिमाथि कडाइ गरिने व्यवस्था गरिएको हो।

नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार, तोकिएको स्थान बाहेक पार्किङ गरेमा मोटरसाइकल वा स्कुटरलाई १,००० रुपैयाँ, कार, जीप, भ्यानलाई २,५०० रुपैयाँ, मिनीबस वा मिनीट्रकलाई ३,५०० रुपैयाँ र ठूला सवारी साधनलाई ५,००० रुपैयाँ जरिवाना गरिनेछ। त्यसैगरी, प्रचलित कानूनविपरीत विज्ञापन गरेमा १०,००० रुपैयाँ र विना अनुमति सार्वजनिक स्थलबाट देखिने गरी होर्डिङ बोर्डमा विज्ञापन गरेमा १०,००० देखि १,००,००० रुपैयाँसम्म जरिवाना हुनेछ।

पर्चा, पोष्टर, स्टिकर टाँस गरेर वा प्रचार सामग्री वितरण गरेर फोहोर गरेमा, खम्बा वा पर्खालमा लेखन गरेमा, बेलुनजस्ता माध्यमबाट विज्ञापन गरेमा तथा स्वागतद्वार निर्माण गरेमा ५,००० देखि ५०,००० रुपैयाँसम्म जरिवाना लाग्नेछ। साथै, सार्वजनिक स्थल वा संरक्षित क्षेत्रमा रहेका रुखविरुवामा क्षति पुर्‍याएमा ५०० देखि ५०,००० रुपैयाँसम्म जरिवाना गरिने व्यवस्था गरिएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स