फेरि रोकिने भयो स्मार्ट ड्राइभिङ लाइसेन्सको छपाइ, छिटो चाहिनेले के गर्ने?

फेरि रोकिने भयो स्मार्ट ड्राइभिङ लाइसेन्सको छपाइ, छिटो चाहिनेले के गर्ने?
Advertisement Ads

यातायात व्यवस्था विभागले ड्राइभिङ लाइसेन्स छपाइको सेवा तीन दिनका लागि रोकिने भएको छ। विभागले बुधबार सार्वजनिक गरेको सूचनाअनुसार, आगामी मंगलबार अर्थात् जेठ २७ देखि तीन दिनसम्म स्मार्ट लाइसेन्स प्रिन्टर मर्मत गर्नुपर्ने भएकाले छपाइको काम रोकिने भएको हो।

विभागका अनुसार अत्यावश्यक रूपमा लाइसेन्स आवश्यक पर्ने सेवाग्राहीले भने जेठ २५ गते अगाडि नै निवेदन पठाएर स्वीकृत गराइसक्नु पर्नेछ। यसअघि पनि वैशाखको अन्तिम साता प्रिन्टर बिग्रिएपछि एक सातासम्म लाइसेन्स छपाइ रोकिएको थियो।

notice https://bajarkochirfar.com/smart-driving-license-printing-has-been-stopped-again-what-should-those-who-need-it-urgently-do | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स