insta insta

नेपाली नोट छाप्न चीनको चाइना बैंक नोट प्रिन्टिङसहित ६ विदेशी कम्पनीलाई छनौट

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन २८ गते
नेपाली नोट छाप्न चीनको चाइना बैंक नोट प्रिन्टिङसहित ६ विदेशी कम्पनीलाई छनौट
Advertisement Ads

नेपाल राष्ट्र बैंकले बैंक नोट छाप्नको लागि चीनको चाइना बैंकनोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसनसहित ६ विदेशी कम्पनीलाई प्रिक्वालिफिकेसनमा छनौट गरेको छ। आज राष्ट्र बैंकले यी कम्पनीहरुको सूची सार्वजनिक गरेको हो। अन्य प्रिक्वालिफाइ भएका कम्पनीहरुमा यूकेको डे ला रुई इन्टरनेसनल, जर्मनीको गाइसिकी डेभिरेन्ट करेन्सी टेक्नोलोजी, रसियाको ज्वाइन्ट स्टक कम्पनी ‘गोज्नाक’, फ्रान्सको ओबेरथुर फिडुसिआयर एसएएस, र पोल्यान्डको पोलिसी सेक्युरिटी प्रिन्टिङ वर्कस रहेका छन्।

नेपाल राष्ट्र बैंकले गत जनवरी १० मा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरी नेपाली बैंक नोटको डिजाइन, प्रिन्टिङ, सप्लाई र वितरणका लागि बोलपत्र मागेको थियो। यी ६ कम्पनीहरूले बोलपत्र पेश गरेपछि राष्ट्र बैंकले तिनीहरूलाई प्रिक्वालिफाइ गरेको हो। अब राष्ट्र बैंक आगामी दिनहरूमा यी कम्पनीहरूमध्ये एकसँग ठेक्का दिने प्रक्रिया अघि बढाउने छ।

483340256 1318105632777968 7154286404008731769 n https://bajarkochirfar.com/six-foreign-companies-including-china-banknote-printing-selected-to-print-nepali-banknotes | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स