सन् २०२५ का लागि सिंगापुरको पासपोर्ट सबैभन्दा शक्तिशाली, नेपाल कति औं स्थानमा ?



Advertisement
Ads

सन् २०२५ को पहिलो छ महिनाका लागि विश्वका सबैभन्दा शक्तिशाली राहदानीको सूची सार्वजनिक भएको छ। प्रतिष्ठित संस्था हेन्ले एन्ड पार्टनर्सद्वारा प्रकाशित “हेन्ले पासपोर्ट इन्डेक्स”ले भिसा विना यात्रा गर्न सकिने देशहरूको संख्याका आधारमा राहदानीको शक्ति निर्धारण गरेको छ।सिंगापुरको राहदानी विश्वकै शक्तिशाली मानिएको छ। सिंगापुरका नागरिकहरूले १९५ देशमा भिसा विना यात्रा गर्न सक्छन्। दोस्रो स्थानमा रहेको जापानी राहदानीले १९३ देशमा भिसामुक्त प्रवेश दिन्छ।

तेस्रो स्थानमा दक्षिण कोरिया, फ्रान्स, जर्मनी, इटाली, स्पेन र फिनल्याण्ड छन्, जसका राहदानीले १९२ देशमा भिसा फ्री यात्रा गर्न अनुमति दिन्छ। चौथो स्थानमा अस्ट्रिया, डेनमार्क, आयरल्यान्ड, लक्जमबर्ग, नर्वे, स्वीडेन र नेदरल्यान्ड्स रहेका छन्, जसका राहदानीले १९१ देशमा पहुँच प्रदान गर्छन्।


Advertisement

दक्षिण एशियाका मुलुकहरूको कमजोर स्थिति
दक्षिण एशियाली देशहरूको राहदानी शक्ति कमजोर देखिएको छ। नेपालको राहदानी यस सूचीमा १०१औं स्थानमा छ। नेपाली राहदानीवाहकले केवल ३९ देशमा भिसा विना यात्रा गर्न सक्छन्।

पाकिस्तान कमजोर राहदानी सूचीमा १०३औं स्थानमा परेको छ। पाकिस्तानका राहदानीवाहकले केवल ३३ देशमा भिसामुक्त यात्रा गर्न पाउँछन्। पाकिस्तानभन्दा कमजोर राहदानी भएका देशहरूमा इराक (१०४औं), सिरिया (१०५औं), र अफगानिस्तान (१०६औं) परेका छन्।

सोमालियाको राहदानी १०२औं स्थानमा छ भने भारत ८५औं स्थानमा रहेको छ। भारतीय राहदानीले ५७ देशमा भिसा फ्री यात्रा गर्न अनुमति दिन्छ। तर, गत वर्षको तुलनामा भारतको वरियतामा पाँच स्थानले गिरावट आएको छ। विश्वकै शीर्ष राहदानीहरूको तुलनामा नेपाललगायत दक्षिण एशियाली मुलुकहरूको राहदानी शक्ति निकै कमजोर देखिएको छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर