सुनको भाउ घट्दा चाँदीको मूल्य बढ्यो, आजको कारोबार यस्तो छ

सुनको भाउ घट्दा चाँदीको मूल्य बढ्यो, आजको कारोबार यस्तो छ
Advertisement Ads

नेपाली बजारमा आज (मंगलबार) सुनको भाउ घटेको छ भने चाँदीको मूल्य बढेको छ।

गत मंगलबारदेखि निरन्तर घट्दै आएको सुनको भाउ सोमबार प्रतितोला ६,५०० रुपैयाँले घटेको थियो भने आज प्रतितोला १,६०० रुपैयाँले थप घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २,७३,९०० रुपैयाँमा किनबेच भइरहेको छ। सोमबार यो मूल्य २,७५,५०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, चाँदीको मूल्य भने बढेको छ। सोमबार प्रतितोला ४,४२५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला ४,५०५ रुपैयाँमा किनबेच भइरहेको छ, जसले अघिल्लो दिनको तुलनामा ८० रुपैयाँको वृद्धिदेखाउँछ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४,३२५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Advertisement Ads

Copy of Copy of GOLD SILVER 17 https://bajarkochirfar.com/silver-prices-rise-as-gold-prices-fall-heres-how-its-trading-today | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स