वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरेको शिखर पावर डेभलपमेन्टको आईपीओ बाँडफाँड सम्पन्न

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरेको शिखर पावर डेभलपमेन्टको आईपीओ बाँडफाँड सम्पन्न

शिखर पावर डेभलपमेन्ट लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक सेयर (आईपीओ) आज बाँडफाँड गरिएको छ। बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आज बिहान सेयर बाँडफाँड गरेको हो।

कम्पनीले माघ ६ गतेदेखि माघ ९ गतेसम्म २ लाख २२ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरेको थियो। क्यापिटलका अनुसार यस निष्काशनमा ७१,५८९ जनाको आवेदन परेको थियो, जस मध्ये ७१,५७७ जनाको आवेदन मात्र योग्य ठहरिएको छ।

माग भन्दा बढी आवेदन परेकाले सेयर बाँडफाँड गोलाप्रथाबाट गरिएको थियो। अन्ततः २२,२०० जनाले मात्र १० कित्ताको दरले सेयर पाएका छन्, बाँकी सबै आवेदक हात खाली भएका छन्। आईपीओको अन्तिम नतिजा केही समयपछि प्रकाशन हुनेछ।

नेपाल धितोपत्र बोर्डले पुस १६ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो। बोर्डको अनुमति अनुसार कम्पनीले कुल ३२ करोड रुपैयाँ बराबरको ३२ लाख कित्ता सेयर निष्काशन गर्नेछ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स