गृहमन्त्री लेखकलाई लिएर बालुवाटार पुगे शेरबहादुर देउवा: प्रधानमन्त्री भन्छन्, “राजीनामा दिनुपर्दैन्” 

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ १४ गते
गृहमन्त्री लेखकलाई लिएर बालुवाटार पुगे शेरबहादुर देउवा: प्रधानमन्त्री भन्छन्, “राजीनामा दिनुपर्दैन्” 

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनु आवश्यक नरहेको स्पष्ट पारेका छन्। बुधबार बालुवाटारमा कांग्रेस सभापति शेरबहादुर देउवासहित सत्तारुढ दलका नेताहरूसँगको छलफलमा उनले यस्तो बताएका हुन्।

स्रोतका अनुसार, ओलीले गठबन्धनविरुद्ध प्रहार भइरहेको भन्दै गृहमन्त्रीको राजीनामा माग अनावश्यक रहेको धारणा राखे। बैठकमा गृहमन्त्री लेखकले राजीनामा नदिई प्रतिनिधिसभामा उठेका प्रश्नहरूको जवाफ दिने निर्णय गरिएको छ।

उता, विपक्षी दलहरूले भने लेखकको राजीनामा नआएसम्म सदन अवरुद्ध गर्ने रणनीति लिएका छन्।

यसैबीच, छलफलमा आज बस्ने प्रतिनिधिसभा बैठकमा गृहमन्त्री लेखकले संसदमा उठेका विषयबारे प्रस्ट पार्ने सहमति पनि भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स