दुई कम्पनीको सेयर नेप्सेमा सूचीकृत, कहिले देखि कारोबार गर्न मिल्ने ?

दुई कम्पनीको सेयर नेप्सेमा सूचीकृत, कहिले देखि कारोबार गर्न मिल्ने ?

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई कम्पनीको सेयर सूचीकृत भएको छ । सोमबार सन् नेपाल लाइफ इन्स्योरेन्स र नेपाल फाइनान्सको कुल १ करोड ७ लाख ७१ हजार ९२ कित्ता सेयर सूचीकृत भएको हो।

सूचीकृत सेयरमध्ये सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १ करोड ४ लाख ७१ हजार ५ सय ९२ कित्ता सेयर रहेका छन्। कम्पनीले आफ्ना सेयरधनीलाई जारी गरेको २७ प्रतिशत हकप्रद सेयर नेप्सेमा सूचीकरण गरिएको हो। सूचीकरण भएसँगै यी सेयर सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ।

Screenshot 14 7 2025 16245 www.nepalstock.com https://bajarkochirfar.com/shares-of-two-companies-listed-on-nepse-when-can-they-be-traded | %tags

यस्तै, नेपाल फाइनान्स लिमिटेडको २ लाख ९९ हजार ५ सय कित्ता अवितरित हकप्रद सेयर पनि नेप्सेमा सूचीकरण भएको छ। कम्पनीले लिलामी प्रक्रियाबाट बिक्री गरेको हकप्रद सेयर सूचीकृत गराएको हो। यी सेयर पनि डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न मिल्नेछ।

Screenshot 14 7 2025 162532 www.nepalstock.com https://bajarkochirfar.com/shares-of-two-companies-listed-on-nepse-when-can-they-be-traded | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स