एमालेको झण्डा जलाइएपछि शंकर पोखरेल आक्रोशित: “यो कुनै नयाँपन होइन, ती अपराधी हुन्”

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन ८ गते
एमालेको झण्डा जलाइएपछि शंकर पोखरेल आक्रोशित: “यो कुनै नयाँपन होइन, ती अपराधी हुन्”

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले आफ्नो पार्टीको झण्डा जलाएको घटनाप्रति नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले कडा प्रतिक्रिया दिएका छन्।

सामाजिक सञ्जालमार्फत उनले झण्डा जलाएर आस्थामा चोट पुर्‍याउने कार्यलाई अराजकता र उदण्डता भन्दै यस्तो गतिविधि सम्मानयोग्य हुन नसक्ने बताएका छन्। उनले लेखेका छन्, “अराजकता र उदण्डता कुनै नयाँपन होइनन्, ती अपराध हुन्। झण्डा जलाएर अरूको आस्थामा चोट पुर्‍याउनेहरू सम्मानका हकदार हुन सक्दैनन्। यस्ता तत्वहरूलाई जनताले निर्वाचनमार्फत अस्वीकार गर्नेछन्।”

बिहीबार राति पार्टी सभापति रवि लामिछानेको पर्खाइमा रहेका रास्वपाका कार्यकर्ता तथा समर्थकले एमालेको सूर्य चिन्ह अंकित झण्डा जलाएको बताइएको छ। यद्यपि रास्वपाले उक्त घटनामा घुसपैठ भएको दाबी गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स