ओली र लेखकको रिट सुनुवाइका लागि छुट्टाछुट्टै इजलास तोकियो

बजारको चिरफार
बजारको चिरफार
२०८२ चैत्र १६ गते
ओली र लेखकको रिट सुनुवाइका लागि छुट्टाछुट्टै इजलास तोकियो
File Photo

पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकका बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्न आज (सोमबार) सर्वोच्च अदालतले छुट्टाछुट्टै इजलास तोकेको छ।

एमाले अध्यक्ष ओलीको रिट न्यायाधीश मेघराज पोखरेलको इजलासमा सुनुवाइ हुने क्रममा पेसी तोकिएको छ भने कांग्रेस नेता लेखकको रिट न्यायाधीश कुमार रेग्मीको इजलासमा पेसी तोकिएको छ।

जेनजी आन्दोलन दमनको अभियोगमा गत शनिबार पक्राउ परेका ओलीकी पत्नी राधिका शाक्यले आइतबार सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता गरेकी हुन्। त्यस्तै, लेखककी पत्नी यशोदा लेखकले पनि रिहाइका लागि निवेदन पेश गरेकी छिन्।

स्वास्थ्य समस्या देखिएपछि ओलीलाई त्रिवि शिक्षण अस्पतालमै राखिएको छ भने लेखकलाई महाराजगन्जस्थित प्रहरीको २ नम्बर गणमा राखिएको छ।

आइतबार मात्र काठमाडौँ जिल्ला अदालतले पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको थियो। लेखक अदालतमा उपस्थित भएका थिए भने ओलीले त्रिवि अस्पतालबाट भिडियो कन्फ्रेन्समार्फत बहसमा भाग लिएका थिए। चिकित्सकको सिफारिसअनुसार उनको स्वास्थ्य अवस्था कमजोर भएकोले प्रत्यक्ष उपस्थित गराउन सकिँदैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स