instainsta

सर्वोच्च अदालतको कामु प्रधानन्यायाधीशमा सपना प्रधान मल्ल

बजारको चिरफार
बजारको चिरफार
२०८२ चैत्र १७ गते
सर्वोच्च अदालतको कामु प्रधानन्यायाधीशमा सपना प्रधान मल्ल
AdvertisementAds

सर्वोच्च अदालतको नेतृत्व अब वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले गर्ने भएकी छन्। मल्लले बुधबारदेखि कायममुकायम (कामु) प्रधानन्यायाधीशको रूपमा कार्यभार सम्हाल्नेछिन्।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत आज (मंगलबार) ६५ वर्षे उमेर हदका कारण अनिवार्य अवकाश हुँदै छन्। राउतको आजै बिदाइ कार्यक्रम तय गरिएको छ भने, उनी २०८१ असोज २० गते प्रधानन्यायाधीश नियुक्त भएका थिए। राउत सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त हुनुअघि वरिष्ठ अधिवक्ता थिए।

सपनाले सर्वोच्च अदालतको नेतृत्व गर्ने दोस्रो महिला प्रधानन्यायाधीश हुने भएकी छन्। यसअघि सुशीला कार्की नेपालको पहिलो महिला प्रधानन्यायाधीश बनेकी थिइन्। सपनाले हाल कामु प्रधानन्यायाधीशको रूपमा कार्यभार सम्हाल्नेछिन्।

नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि न्यायापरिषद्ले सपनासहित ६ जना न्यायाधीशको नाम सिफारिस गरिसकेको छ। तर संवैधानिक परिषद्‌मा सदस्यहरू रिक्त रहेकाले तत्काल प्रधानन्यायाधीशको स्थायी नियुक्ति सम्भव छैन। संवैधानिक परिषद् प्रधानमन्त्रीको नेतृत्वमा काम गर्छ र यसमा सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष, विपक्षी दलका नेता र सर्वोच्च अदालतका प्रधानन्यायाधीश सदस्य रहने व्यवस्था छ। हाल परिषद्‌मा प्रधानमन्त्री र राष्ट्रिय सभाका अध्यक्ष मात्र कार्यरत छन् जसमा सपना प्रधान मल्ल कामु प्रधानन्यायाधीशको रूपमा प्रतिनिधित्व गर्नेछिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स