सामसुङ नेपालले नयाँ स्मार्टफोन ग्यालेक्सी एस२५ एफई (फ्यान एडिसन) नेपाली बजारमा सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यो मोडल विशेषगरी युवा पुस्ता र कन्टेन्ट क्रियटरहरूका लागि डिजाइन गरिएको हो, जसमा प्रिमियम एआई सुविधा र एडभान्स्ड क्यामेरा जस्ता फिचर समावेश छन्।
ग्यालेक्सी एआई र वन युआई ८ द्वारा सञ्चालित यो फोनले भ्वाइस, टच र भिजुअल इन्टरएक्सन मार्फत सहज प्रयोग अनुभव प्रदान गर्ने सामसुङको दाबी छ।
फोनमा जेमिनाई लाइभ (रियल–टाइम भर्चुअल असिस्टेन्ट), नाउ बार र नाउ ब्रीफ (व्यक्तिगत अपडेटका लागि), सर्कल टु सर्च (अन–स्क्रिन जवाफका लागि), र एआई–सञ्चालित प्रोभिजुअल इन्जिन जस्ता एआई फिचरहरू छन्। यसमा अपग्रेड गरिएको १२ मेगापिक्सेल फ्रन्ट क्यामेरा, सुपर एचडीआर प्रविधि, स्पष्ट रङका सेल्फी तथा भिडिओ खिच्न सकिने सुविधा पनि उपलब्ध छन्।
त्यस्तै, जेनेरेटिभ एडिट, पोट्रेट स्टुडियो, इन्स्ट्यान्ट स्लो–मो र अडियो इरेजर जस्ता फिचरहरूले फोटो तथा भिडियो एडिटिङलाई अझ सरल र पेशेवर बनाएको कम्पनीले जनाएको छ।
ग्यालेक्सी एस२५ एफईमा ४,९०० एमएएचको ब्याट्री रहेको छ, जसले ४५ वाटको फास्ट चार्जिङ सपोर्ट गर्छ।
यो फोन ८ जीबी र्याम र २५६ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध छ, जसको मूल्य रु. ९९,९९९ निर्धारण गरिएको छ। साथै, ग्राहकहरूले यसलाई सामसुङ इन्स्टा फाइनान्स (हुलास फिनसर्भ हायर पर्चेज) मार्फत शून्य प्रतिशत ब्याजदर र ईएमआई योजनामा पनि खरिद गर्न सक्नेछन्।
















![कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/2bLqyfokqxE-maxresdefault-150x150.jpg)

![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)


प्रतिकृया