सालपा विकास बैंकले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको आईपीओको बाँडफाँड आज सम्पन्न भएको छ। बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले बिहान सेयर बाँडफाँड गरेको जानकारी दिएको छ।
कम्पनीले पहिलो चरणमा मङ्सिर २५ देखि मङ्सिर २९ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि १,७२,३८८ कित्ता शेयर निष्काशन गरेको थियो। यस चरणमा कुल ६७,६५५ जनाले आवेदन दिएका थिए, जसमध्ये ६७,६३७ जनाको आवेदन योग्य ठहरिएको थियो।
मागभन्दा बढी आवेदन परेकोले सेयर बाँडफाँड गोलाप्रथाबाट गरिएको छ। नतिजा अनुसार, १७,२३८ जनाले मात्र सेयर पाएका छन्। तीमध्ये ८ जनाले ११ कित्ता सेयर पाएका छन् भने बाँकीले १० कित्ता सेयर पाएका छन्। आईपीओको औपचारिक नतिजा केही समयमा प्रकाशित हुनेछ।
नेपाल धितोपत्र बोर्डले मङ्सिर ८ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो। कम्पनीले कुल १७ करोड २३ लाख ८८ हजार रुपैयाँ बराबरका १७,२३,८८० कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको थियो। बैंकले आईपीओ निष्काशनको अनुमति माग्दै गत वैशाख २३ गते धितोपत्र बोर्डमा आवेदन दिएको थियो।



प्रतिकृया