सागर डिस्टिलरी लिमिटेडले सामूहिक लगानी कोषका लागि छुट्याइएको ७२ हजार ६०० कित्ता सेयरको लकइन अवधि समाप्त हुन लागेको जनाएको छ। कम्पनीका अनुसार उक्त सेयरको लकइन अवधि आउँदो चैत ११ गते सकिनेछ।
सार्वजनिक निष्कासनमार्फत बाँडफाँड गरिएको सेयरमध्ये म्युचुअल फण्डलाई ६ महिनासम्म बिक्री गर्न नपाइने प्रावधानअनुसार यी सेयर लकइनमा राखिएका थिए।
कम्पनीले आईपीओ निष्काशन गर्दा ७२ हजार ६०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको थियो। अब चैत ११ गतेपछि म्युचुअल फण्डहरूले आईपीओमार्फत खरिद गरेका उक्त सेयर बजारमा कारोबार गर्न सक्नेछन्।


















प्रतिकृया