राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई पदबाट हटाउने विषयमा आन्तरिक छलफल सुरु भएको छ। निकट स्रोतका अनुसार, मन्त्री साहको कार्यसम्पादनबाट प्रधानमन्त्री सन्तुष्ट नभएको र उनीसँग सम्बन्धित केही विवाद पनि रहेको बताइएको छ।
फागुन २१ गते महोत्तरी–२ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित साहलाई रास्वपा सरकारमा मन्त्री नियुक्त गरिएको थियो। साहको शैक्षिक पृष्ठभूमि निकै प्रभावशाली छ। उनी लण्डन स्कूल अफ हाइजिन एण्ड ट्रपिकल मेडिसिनका ‘पिएचडी स्कलर’ हुन् भने लण्डन स्कूल अफ इकोनोमिक्सबाट हेल्थ पोलिसी, प्लानिङ तथा फाइनान्सिङमा स्नातकोत्तर गरेका छन्।
त्यस्तै, इन्स्टिच्युट अफ मेडिसिनबाट पब्लिक हेल्थमा स्नातकोत्तर, अप्टोमेट्रीमा स्नातकोत्तर तथा नेपाल ल क्याम्पसबाट एलएलबी गरेका साह नेपाल दृष्टि विशेषज्ञ संघका अध्यक्षसमेत हुन्।










![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)





![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया