instainsta

आईपीओ प्रस्ताव पारित गर्न आरकेडी होल्डिंग्सले बोलायो वार्षिक साधारण सभा 

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ २३ गते
आईपीओ प्रस्ताव पारित गर्न आरकेडी होल्डिंग्सले बोलायो वार्षिक साधारण सभा 
AdvertisementAds

आरकेडी होल्डिंग्स लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) ल्याउने भएको छ। कम्पनीले आफ्नो कुल जारी पूँजीको २१ प्रतिशत सेयर सर्वसाधारणलाई निष्काशन गर्ने तयारी गरेको हो।

यस सम्बन्धमा निर्णय गर्न कम्पनीको सञ्चालक समितिको बैठक जेठ १८ गते बसेको थियो। बैठकले आठौं वार्षिक साधारण सभा पोखराको केसी ब्याङ्क्वेटमा बिहान ९ बजेका लागि बोलाउने निर्णय गरेको छ। सभामा आईपीओ निष्काशनका लागि आवश्यक सम्पूर्ण प्रक्रिया अगाडि बढाउने जिम्मेवारी सञ्चालक समितिलाई दिने प्रस्ताव रहेको छ।

साथै, रिक्त सञ्चालक पदमा आवश्यक पदपूर्ति गर्ने, आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण स्वीकृत गर्ने, चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरू पनि सभामा प्रस्तुत गरिनेछन्।

त्यस्तै, कम्पनीको पूँजी संरचना परिमार्जन गर्न प्रबन्धपत्रको दफा ६ संशोधन गर्ने प्रस्ताव पनि सभाको एजेन्डामा समावेश गरिएको छ। सभापछि कम्पनीले औपचारिक रूपमा आईपीओ प्रक्रिया अघि बढाउने तयारी गरेको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स