रिभर फल्स पावरको ‘लक इन’ अवधि आज सकिँदै

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ ८ गते
रिभर फल्स पावरको ‘लक इन’ अवधि आज सकिँदै

रिभर फल्स पावर लिमिटेडका ४३ लाख २४ हजार ६०० कित्ता सेयरको लकइन अवधि आज, जेठ ८ गतेबाट समाप्त हुँदैछ। तीन वर्षदेखि लकइनमा रहेका यी सेयरमध्ये ३५ लाख ७० हजार कित्ता संस्थापक सेयरधनीका, ५४ हजार ६०० कित्ता कर्मचारीका, र ७ लाख कित्ता आयोजना प्रभावित स्थानीयका हुन्।

लकइन अवधि सकिएसँगै अब यी सेयरहरू दोस्रो बजारमा कारोबार योग्य हुनेछन्। तर, कम्पनीका अनुसार सञ्चालक समितिका सदस्य तथा उच्च पदस्थ कर्मचारीहरूले भने आफ्नो पदबाट राजीनामा दिएको एक वर्ष पूरा नभएसम्म सेयर कारोबार गर्न पाउने छैनन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स