नेपाल राष्ट्र बैंकमा तीन जना कार्यकारी निर्देशकहरूको विभागीय जिम्मेवारीमा हेरफेर गरिएको छ। जनशक्ति व्यवस्थापन विभागले आजै (जेठ २०) देखि लागू हुने गरी यो फेरबदल गरेको हो।
बैंक सुपरिवेक्षण विभागका प्रमुख रामु पौडेललाई अब मुद्रा व्यवस्थापन विभागमा सरुवा गरिएको छ। उनको स्थानमा हालै (जेठ १९) मात्र कार्यकारी निर्देशकमा बढुवा भएका दीर्घबहादुर रावललाई नियुक्त गरिएको छ। रावल पहिले त्यही विभागमा निर्देशकको भूमिकामा थिए।
त्यस्तै, मुद्रा व्यवस्थापन विभाग प्रमुख रहेका प्रदिपराज पौड्याललाई सूचना प्रविधि विभागमा पठाइएको छ। सूचना प्रविधि विभागीय प्रमुख तुलसीप्रसाद घिमिरेको अवकाशपछि उक्त विभाग नेतृत्वविहीन रहेको थियो।



















![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)
प्रतिकृया