कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दिएका नागरिक उन्मुक्ति पार्टी नेपाल का संरक्षक रेशम चौधरी निर्वाचन अधिकृत कार्यालय पुगेर स्पष्टीकरण दिएका छन्। माघ ६ गते उम्मेदवारी दर्ता गरेपछि माघ ७ गते उजुरी परेको थियो।
उम्मेदवारी निरन्तर रहने वा खारेज हुने भन्नेबारे निर्णय आजै आउने निर्वाचन अधिकृत कार्यालय स्रोतले जानकारी दिएको छ। रेशम टीकापुर घटनासम्बन्धी मुद्दामा सरकारको सिफारिसमा राष्ट्रपतिबाट आममाफी पाएका थिए। तर प्रतिनिधि सभा निर्वाचन ऐनअनुसार जन्मकैद भएका व्यक्ति उम्मेदवार बन्न पाउँदैनन्।
२०७९ को चुनावमा पनि रेशम बर्दिया क्षेत्र नम्बर २ बाट उम्मेदवार भएका थिए, तर जेलमा रहेकाले उम्मेदवारी खारेज भएको थियो। त्यसपछि उनका बुवा लालवीर चौधरी बर्दिया–२ बाट स्वतन्त्र उम्मेदवार बनेका थिए र पछि नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका थिए। हाल लालवीर नाउपा नेपालमा छन्।


















प्रतिकृया