राधी विद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा १२.९० प्रतिशतले घटेर ८ करोड ११ लाख रुपैयाँमा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ९ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
यस अवधिमा को विद्युत बिक्री आम्दानी ९ करोड ३ लाख रुपैयाँबाट बढेर १० करोड ३८ लाख रुपैयाँ पुगेको छ। यता, वित्तीय खर्च १ करोड ७ लाख रुपैयाँबाट बढेर १ करोड ९५ लाख रुपैयाँ पुगेको छ। प्रशासनिक खर्च पनि बढेकाले नाफामा दबाब परेको हो।
१ अर्ब ८३ करोड ८९ लाख ७९ हजार रुपैयाँ चुक्ता पुँजी रहेको यस जलविद्युत कम्पनीको अदर इक्विटीमा ३२ करोड ३७ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ५.८८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ११७.६१ रुपैयाँ छ।






![सेयर मार्केटमा अब के गर्ने ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/06/qMcF0IIfXKg-SD.jpg)





![सेयर मार्केटमा अब के गर्ने ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/06/qMcF0IIfXKg-SD-150x150.jpg)

![नन–लाइफ इन्स्योरेन्स क्षेत्रको भविष्य कता ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/06/2JJQ_wVJNzs-HD-1-150x150.jpg)

प्रतिकृया