राधी विद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा १२.९० प्रतिशतले घटेर ८ करोड ११ लाख रुपैयाँमा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ९ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
यस अवधिमा को विद्युत बिक्री आम्दानी ९ करोड ३ लाख रुपैयाँबाट बढेर १० करोड ३८ लाख रुपैयाँ पुगेको छ। यता, वित्तीय खर्च १ करोड ७ लाख रुपैयाँबाट बढेर १ करोड ९५ लाख रुपैयाँ पुगेको छ। प्रशासनिक खर्च पनि बढेकाले नाफामा दबाब परेको हो।
१ अर्ब ८३ करोड ८९ लाख ७९ हजार रुपैयाँ चुक्ता पुँजी रहेको यस जलविद्युत कम्पनीको अदर इक्विटीमा ३२ करोड ३७ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ५.८८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ११७.६१ रुपैयाँ छ।







![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-768x432.jpg)







![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया