रवि लामिछाने भारत भ्रमण सकेर आज स्वदेश फर्किँदै, परराष्ट्रमन्त्री शिशिर खनाल दिल्ली प्रस्थान गर्दै

बजारको चिरफार
बजारको चिरफार
२०८३ जेष्ठ २२ गते
रवि लामिछाने भारत भ्रमण सकेर आज स्वदेश फर्किँदै, परराष्ट्रमन्त्री शिशिर खनाल दिल्ली प्रस्थान गर्दै
AdvertisementAds

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँचदिने भारत भ्रमण पूरा गरी आज स्वदेश फर्किँदै छन्। उनी भारतबाट फर्किने दिन नै परराष्ट्रमन्त्री शिशिर खनाल भारत भ्रमणमा प्रस्थान गर्दै छन्।

भाजपाका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा लामिछाने जेठ १८ गते भारत भ्रमणमा गएका थिए। भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर, गृहमन्त्री अमित शाह, तथा भाजपा अध्यक्ष नितिन नवीनसँग भेटवार्ता गरेका थिए।

त्यस्तै, उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोरसँग पनि भारतमै भेट गरेका थिए।

रास्वपाका अनुसार लामिछाने नेतृत्वको टोलीमा सहमहामन्त्री तथा प्रतिनिधि सभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधि सभा सदस्य दीपक बोहोरा, पत्नी निकिता पौडेल र प्रदीप आचार्य सहभागी थिए। टोली आज जेठ २२ गते स्वदेश फर्किँदै छ।

लामिछाने स्वदेश फर्किएलगत्तै परराष्ट्रमन्त्री शिशिर खनाल नयाँदिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको छ। खनालले समकक्षी एस जयशंकरसँगै भारतीय उच्चपदस्थ नेताहरूसँग भेटवार्ता गर्नेछन्।

भ्रमणका क्रममा नेपाल–भारत सीमा समस्या, द्विपक्षीय सम्बन्ध तथा अन्य आपसी हितका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स