रवि लामिछाने प्रहरी जिम्मामा, थुनछेक बहस बिहीबार पनि जारी हुने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चितवन जिल्ला अदालतले न्यायिक हिरासतमा पठाउन आदेश दिएको छ।
साहारा सहकारी प्रकरणमा बयानका लागि बुधबार अदालत पुगेका लामिछानेविरुद्धको थुनछेक बहस नसकिएपछि अदालतले उनलाई प्रहरी जिम्मा लगाउने आदेश दिएको हो। जिल्ला अदालत चितवनका न्यायाधीश दयाराम ढकालको इजलासले मुद्धा हेर्दाहेर्दैमा राखी हिरासतमा राख्न आदेश दिएको हो।
थुनछेक बहसमा सरकारी वकिलका तर्फबाट तीन जना र जोहरीकर्ताका तर्फबाट एक जनाले बहस गरेका थिए। लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, अधिवक्ता डा. नारायणदत्त कँडेल र चुडामणी सापकोटाले वकालतनामा दर्ता गराएका छन्।