रवि लामिछानेले बोलाए रास्वपाको केन्द्रीय सचिवालय बैठक, केके छन् कार्यसूची ?

बजारको चिरफार
बजारको चिरफार
२०८३ बैशाख २७ गते
रवि लामिछानेले बोलाए रास्वपाको केन्द्रीय सचिवालय बैठक, केके छन् कार्यसूची ?

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले केन्द्रीय सचिवालय बैठक बोलाएका छन्। पार्टीका अनुसार बैठक आज साँझ ६ बजे वनस्थलीस्थित रास्वपाको केन्द्रीय कार्यालयमा बस्नेछ। बैठकमा पार्टीको आगामी भेला तथा अधिवेशनको विशेष कार्यतालिकाबारे छलफल हुने जनाइएको छ।

त्यसैगरी, रास्वपाका विभिन्न आयोग तथा विभागमा रिक्त रहेका पदाधिकारीहरूको मनोनयन गर्ने विषय पनि कार्यसूचीमा समावेश गरिएको छ। संगठनात्मक संरचनालाई थप व्यवस्थित बनाउने उद्देश्यले जिल्ला समितिहरूको विघटन तथा नयाँ व्यवस्थापनबारे समेत बैठकले निर्णय गर्ने बताइएको छ।

बैठकमा पार्टीको आन्तरिक अनुशासन तथा अनुशासनात्मक कारबाहीसम्बन्धी प्राप्त प्रस्तावमाथि पनि छलफल हुने जनाइएको छ। यससँगै आगामी केन्द्रीय समिति बैठकको तयारी, कार्यतालिका निर्धारण तथा समसामयिक राजनीतिक विषयमा समेत सचिवालय बैठकमा विमर्श हुने कार्यक्रम रहेको पार्टीले जनाएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स