मधेस प्रदेश सरकारले सार्वजनिक बिदामा दुई दिन थप गर्ने निर्णय गरेको छ। प्रदेश सरकारले गत चैत २२ गते राजपत्रमा प्रकाशित बिदा सूचीमा संशोधन गर्दै नयाँ बिदा थप गरेको हो।
गृह, सञ्चार तथा कानुन मन्त्रालयका उपसचिव गणेश नायकद्वारा वैशाख २१ गते जारी सूचनाका अनुसार वैशाख २३ गते मंगलबार जानकी नवमी (सीता जयन्ती) र जेठ २८ गते बुधवार कविर दास जयन्तीका दिन मधेस प्रदेशमा सार्वजनिक बिदा दिइने उल्लेख गरिएको छ।


प्रतिकृया