भोलि बागमती प्रदेशमा सार्वजनिक बिदा

बजारको चिरफार
बजारको चिरफार
२०८२ बैशाख २३ गते
भोलि बागमती प्रदेशमा सार्वजनिक बिदा

बागमती प्रदेश सरकारले भोलि (वैशाख २४) गते बुधबार ‘सरकारी कामकाजको भाषा सम्बन्धी दिवस’को अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यसबारे सूचना प्रदेश राजपत्र, खण्ड ८, संख्या ३२, भाग ३ मा २०८१ चैत २१ गते प्रकाशित गरिएको छ।

उक्त निर्णय अनुसार, बागमती प्रदेशभित्रका सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान, विद्यालय तथा प्रदेश सरकार अन्तर्गतका अन्य निकायहरू सो दिन बन्द रहनेछन्। प्रदेश सरकारले सार्वजनिक गरेको सूचनामा भनिएको छ, “भाषा सम्बन्धी दिवसको अवसरमा बागमती प्रदेशभर सार्वजनिक विदा दिइने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको हो।”

यद्यपि, संघीय सरकार अन्तर्गतका मन्त्रालय, विभाग, अदालत तथा प्रशासनिक कार्यालयहरू भने उक्त दिन पनि सुचारु रहनेछन्। सार्वजनिक बिदा केवल प्रदेश सरकार मातहतका निकाय र स्थानीय सरकारमा मात्र लागू हुनेछ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स