नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्रप्राप्त राष्ट्रिय स्तरको नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो शाखा कार्यालयहरूका लागि कनिष्ठ सहायक पदमा कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। यस पदका लागि न्यूनतम एस.एल.सी. वा सो सरहको परीक्षा उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा कम्तीमा ६ महिनाको कार्यअनुभव भएको हुनुपर्नेछ। १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेका (महिलाको हकमा ४० वर्ष) नेपाली नागरिकले आवेदन दिन सक्नेछन्। इच्छुक उम्मेदवारले आफ्नो व्यक्तिगत विवरण, नागरिकता, शैक्षिक योग्यता र अनुभवको प्रमाणपत्र सहित संस्थाको इमेल [email protected] मा विज्ञापन प्रकाशित भएको मितिले १५ दिन भित्र आवेदन दिनुपर्नेछ। छनोट प्रक्रियामा अन्तर्वार्ता हुनेछ र सर्टलिस्टमा परेका उम्मेदवारलाई मात्र जानकारी दिइनेछ।
थप सुचनामा:

