विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्रीको राजीनामा माग गरेको छ।
आज प्रतिनिधि सभा बैठकमा बोल्दै राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) ले सरकारले उखु किसानको माग सम्बोधन गर्न नसकेको भन्दै सरकारको आलोचना गरे। उनले संख्यात्मक रूपमा दुई तिहाइको समर्थन पाएको भए पनि काम गर्ने क्षमतामा सरकारले पूर्णरूपमा असफल भएको दाबी गरे।
शाहीले भने, “यदि दुई तिहाइको सरकारले किसानलाई पाउने रकम दिन सक्दैन भने यो सरकार दुई तिहाइको रहेन। यो कमजोर, लुलो खुट्टा भएको, पोलियो लागेको सरकार हो। किसानको पैसा दिन नसक्ने सरकार किन चाहिन्छ? राजीनामा दिनुस्, हामी चलाउँछौँ सरकार र किसानको माग पूरा गर्छौँ।”
उनले सरकारको तर्कप्रति पनि प्रश्न उठाए। सरकारले ढुकुटीमा पैसा नभएको कारण किसानलाई रकम दिन नसकिएको बताएपछि शाहीले जनताले तिरेको कर र विदेशबाट आएको रेमिट्यान्स कहाँ गयो भनेर प्रश्न गरे।
उनको भनाइमा, “अर्थ मन्त्रालयले उखु किसानको अनुदान आधा घटाएर ढुकुटीमा पैसा छैन भन्यो। तर जनता रगत–पसिना बगाएर तिरेको कर, विदेशमा रहेका नेपालीले पठाएको रेमिट्यान्सको पैसा कहाँ गयो भन्ने जवाफ चाहिन्छ।”
यस्तै, उनले भिजिट भिसा प्रकरणमा पनि सरकारप्रति असन्तोष व्यक्त गरे। उनका अनुसार, यो मुद्दा संसदमा ९० दिनभन्दा बढी समय उठाइँदा पनि सरकारले कुनै चासो नदिएको छ।
शाहीले चेतावनी दिँदै भने, “यो विषयमा अब आन्दोलन गर्नेभन्दा देख्नेहरुलाई लाज लागेको छ। सरकारले छिटो सम्बोधन गरोस्, होइन भने जनताले २०८४ को निर्वाचनमा यसको जवाफ दिनेछन्।”











![बजेटले नन लाइफ इन्स्योरेन्स सेक्टरको बिजनेस व्ह्वात्तै बढ्दैछ ? सेयर प्राइस के होला ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/pYnn5kzYQlY-SD.jpg?resize=150%2C150&ssl=1)




प्रतिकृया