प्रधानमन्त्री ओली भन्छन्: “७० वर्षे उमेरहदले फेल खाइसक्यो, म ७४ वर्ष पुगी सके”

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ २५ गते
प्रधानमन्त्री ओली भन्छन्: “७० वर्षे उमेरहदले फेल खाइसक्यो, म ७४ वर्ष पुगी सके”

प्रधानमन्त्री केपी शर्मा ओलीले ७० वर्षको उमेरहद असफल भएको बताएका छन्। कीर्तिपुरमा सोमबार आयोजित अनेरास्ववियुको महाधिवेशनमा सम्बोधन गर्दै उनले आफू अहिले ७४ वर्षका भइसकेकाले ७० वर्षको उमेरहद फेल भएको स्पष्ट पारे।

उनले भने, ‘७० वर्ष उमेर फेल भइसकेको छ। म अहिले ७४ वर्षको भइसकेको छु, अनि फेल भएन त?’ ओलीले उमेरले नभई स्वास्थ्य र कार्यक्षमताले व्यक्तिको योग्यता निर्धारण गर्ने बताएका छन्।

चीन र साइप्रसको उदाहरण दिँदै प्रधानमन्त्री ओलीले भने कि उमेरहद तोक्नु आवश्यक नहुने कुरा प्रमाणित भइसकेको छ। ‘चीनमा पहिले दुई पटक अध्यक्ष बन्ने नियम थियो र उमेरहद ६५ वर्ष तोकिएको थियो, तर अहिले सी जिनपिङको आवश्यकता अनुसार त्यो व्यवस्था हटाइसकिएको छ। साइप्रसमा पनि यस्तै अवस्था छ,’ उनले थपे।

ओलीले आफूले पार्टी नेतृत्वबाट हटाएका माधव नेपाल र झलनाथ खनाललाई पनि ७० वर्ष पुग्नु अगाडि हटाइएको उल्लेख गर्दै भने, ‘मैले पार्टीको नेतृत्व छोड्छु या छोड्दिनँ भन्ने कुरा आवश्यकताले निर्धारण गर्छ, न कि उमेरले। उमेरहद अब आवश्यक छैन।’

प्रधानमन्त्री ओलीले आफू रहोस् या नरोहोस्, उमेरहदलाई अबको कार्यक्षमता र आवश्यकताले तय गर्नुपर्ने भन्दै यसलाई पुनर्विचार गर्नुपर्ने औंल्याए।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स