आइतबार तुर्कमेनिस्तान जाँदै प्रधानमन्त्री ओली, यस्तो छ भ्रमण तालिका

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण १६ गते
आइतबार तुर्कमेनिस्तान जाँदै प्रधानमन्त्री ओली, यस्तो छ भ्रमण तालिका

प्रधानमन्त्री केपी शर्मा ओली तेस्रो भूपरिवेष्ठित विकासशील देशहरू सम्बन्धी संयुक्त राष्ट्र सम्मेलनमा सहभागी हुन आइतबार तुर्कमेनिस्तान प्रस्थान गर्दैछन्। परराष्ट्र मन्त्रालयका अनुसार उक्त सम्मेलन २०२५ साल साउन २० गते (अगस्ट ५) देखि २३ गते (अगस्ट ८) सम्म तुर्कमेनिस्तानको राजधानी अवाजामा आयोजना हुँदैछ।

प्रधानमन्त्री ओलीलाई सम्मेलनमा सहभागी हुन तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बर्दीमुहामेदोभ र संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले औपचारिक निमन्त्रणा दिएका हुन्।सम्मेलनमा प्रधानमन्त्री ओलीले अति कम विकसित देशहरूको विश्वव्यापी समन्वय ब्यूरोको अध्यक्षका हैसियतमा तथा नेपालको प्रतिनिधित्व गर्दै सम्बोधन गर्ने कार्यक्रम छ। यसैगरी, उनी उच्चस्तरीय गोलमेच सम्मेलनको सह-अध्यक्षता समेत गर्नेछन्।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले विभिन्न देशका प्रतिनिधिमण्डल प्रमुखहरू, संयुक्त राष्ट्र संघका अधिकारीहरू र अन्य अन्तर्राष्ट्रिय संस्थाका उच्चपदस्थ व्यक्तित्वहरूसँग द्विपक्षीय भेटवार्ता पनि गर्ने तालिका तय भएको छ।प्रधानमन्त्री ओलीसँगै उनकी धर्मपत्नी राधिका शाक्य, प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, संघीय सांसद सूर्यबहादुर थापा क्षेत्री तथा अन्य उच्चपदस्थ सरकारी अधिकारीहरूको टोली पनि सम्मेलनमा सहभागी हुनेछ। प्रधानमन्त्री ओलीको टोली सम्मेलन सम्पन्न गरी साउन २३ गते (अगस्ट ८) नेपाल फर्कने कार्यक्रम रहेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स