प्रधानमन्त्री बालेनको पहिलो क्याबिनेट बैठक बस्दै

बजारको चिरफार
बजारको चिरफार
२०८२ चैत्र १३ गते
प्रधानमन्त्री बालेनको पहिलो क्याबिनेट बैठक बस्दै

नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दैछ। केहीबेरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु हुने जनाइएको छ।

बैठकका लागि नवनियुक्त मन्त्रीहरू पदभार ग्रहण सकेर क्रमशः प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पहुँचिरहेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले आजै बालेन्द्र शाह ‘बालेन’लाई प्रधानमन्त्रीको रूपमा नियुक्त गरेका थिए भने नवनियुक्त मन्त्रीहरूले पनि आजै शपथ ग्रहण गरेका छन्।

उनीहरू सबैले सिंहदरबारमा पदभार ग्रहण गरिसकेका छन्। बैठकमा सरकारले गर्न लागेको महत्त्वपूर्ण निर्णयहरू लिइने अनुमान गरिएको छ।

धेरैजसो मन्त्रीहरूले पदभार ग्रहणको तुरुन्तै पहिलो निर्णय भने लिएका छैनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स