रास्वपाभित्र गुटबन्दी नगर्न सभापति लामिछानेको निर्देशन: ‘घण्टीमुनि सबै अटाउँछौँ, कांग्रेस–एमालेलाई गुटले जितिँदैन’

बजारको चिरफार
बजारको चिरफार
२०८२ चैत्र ४ गते
रास्वपाभित्र गुटबन्दी नगर्न सभापति लामिछानेको निर्देशन: ‘घण्टीमुनि सबै अटाउँछौँ, कांग्रेस–एमालेलाई गुटले जितिँदैन’
AdvertisementAds

३राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नवनिर्वाचित सांसदहरूलाई पार्टीभित्र गुटबन्दी नगर्न र कुनै पनि स्वार्थ समूहको प्रभावमा नपर्न सचेत गराएका छन्। बुधबार आयोजित अभिमुखीकरण कार्यक्रममा उनले गुट बनाएर अन्य दललाई जित्न नसकिने भन्दै सबैलाई ‘घण्टी’ चुनाव चिह्नको साझा छहारीभित्र गोलबद्ध हुन आग्रह गरे।

अब कानुन निर्माताका रुपमा तपाईहरूको दौड स्वार्थ समूहको घरघरमा होइन। गुट बनाएर कांग्रेस एमालेलाई जितिँदैन साथीहरू हो,’ लामिछानेले भने, ‘कुनै गुट बनाउनु पर्दैन। घण्टीका मूनी सबै अटाउन सक्छौँ। घण्टीसँग त्यति तागत छ। कहिँ गुट बनाउनुपर्दैन।’

लामिछानेले अबको यात्रा कानुन निर्माणमा केन्द्रित हुनुपर्ने भन्दै व्यक्तिगत र समूहगत स्वार्थ त्याग्न निर्देशन दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स