प्रचण्डको दाबी: यो सरकार आफैं ढल्छ, कसैले बल गर्नैपर्दैन



Advertisement
Ads

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार आफैँ ढल्ने बताएका छन् ।


Advertisement

मंगलबार सिन्धुपाल्चोकको सुकुटेमा प्रेस सेन्टर नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले ओली नेतृत्वको सरकार अप्राकृतिक, अपारदर्शी र असंवैधानिक भनेर आफूले आलोचना गर्दै आएको दोहोर्‍याए । उनले आफू नेतृत्वको सरकारले भ्रष्टाचार नियन्त्रण तथा सुशासनको काममा लागिरहेका बेला भ्रष्टाचारीलाई बचाउन रातारात सदनका दुई ठुला दल मिलेर सरकार गठन गरिएको बताए ।


Advertisement

भ्रष्टाचारीलाई बचाउने उद्देश्यका साथ नै सदनभित्रका पहिलो र दोस्रो पार्टीहरू मिलेर सरकार बनाएका हुन्’, प्रचण्डले भने, ‘प्राय पहिलो र दोस्रो ठुलो दल सरकार बनाउने कुरामा लोकतन्त्रमा मिल्दैनन् । मिल्न हुँदैन यदि लोकतन्त्रलाई सुदृढ बनाउने हो भने ।’

सरकारबाट हटेर जनतामा जान पाउँदा आफूलाई रिल्याक्स महसुस भएको पनि प्रचण्डले बताए । ‘अहिले हामीले पनि रिल्याक्स गरेका छौँ । प्रधानमन्त्री हुनुभन्दा अहिले बढी सहज महसुस गरेको छु’, प्रचण्डले भने, ‘जनताको विश्वास, भरोसा र माया पनि बढेको महसुस हुन्छ ।’

आफूले यो सरकार टिकिराखोस् भन्ने चाहना नराखेको पनि प्रचण्डले बताए। ‘अप्राकृतिक भएकाले यो सरकार अन्ततः ढल्नु नै छ । हामीले धेरै बल गर्नुपर्दैन । यसको आयु धेरै छ जस्तो लाग्दैन’, उनले भने, ‘मैले मिति तोक्नु त ठिक नहोला तर कांग्रेसका संस्थापन पक्षकै नेताहरूमा असन्तुष्टि आइरहेको छ ।’

 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर