संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलको नेतामा चयन भएका छन्।
आइतबार काठमाडौंको पेरिसडाँडामा बसेको फागुन २१ गते निर्वाचित प्रतिनिधि सभाका सदस्यहरूको बैठकले प्रचण्डलाई दलको नेता बनाएको हो।
गत फागुन २१ मा भएको संसदीय निर्वाचनमा नेकपाले प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ ९ गरी जम्मा १७ सिट जितेको थियो।
२०७९ सालमा गोरखाबाट विजयी प्रचण्ड यस पटक त्यस सिट छोडेर रुकुम पूर्व पुगेका थिए। माओवादीको जनाधार भएको क्षेत्रमा पुगेर प्रचण्ड सुरक्षित भएका हुन्।




















प्रतिकृया