राष्ट्रपति जो बाइडेनले छोरालाई माफी दिएपछि अमेरिकी राजनीतिमा हलचल



Advertisement
Ads

अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना छोरा हन्टर बाइडेनलाई माफी दिने निर्णयले अमेरिकामा राजनीतिक हलचल मच्चाएको छ। आइतबार गरिएको यो घोषणापछि आलोचनात्मक प्रतिक्रिया आउनुका साथै उनका समर्थकहरूले पनि यो निर्णयप्रति असन्तुष्टि जनाएका छन्।

बाइडेनले आफ्नो छोरालाई अन्यायपूर्ण रूपमा कानूनी मुद्दा लगाइएको दाबी गर्दै माफी दिएका हुन्। यसअघि उनले न्याय विभागको काममा हस्तक्षेप नगर्ने प्रतिबद्धता व्यक्त गरे पनि उनले छोरालाई बचाउन यो कदम चालेको जनाएका छन्।


Advertisement

हन्टर बाइडेनमाथि २०१८ मा कोकिन क्र्याकको लतमा बन्दुक किनेको आरोपमा दोषी ठहर गरिएको थियो। यस्तै, उनले संघीय कर छली गरेको आरोप पनि स्वीकार गरेका थिए, जसमा उनले १.४ मिलियन अमेरिकी डलरभन्दा बढीको कर भुक्तान नगरेको स्वीकार गरेका छन्।

यो माफीको घोषणाले अमेरिकी न्याय प्रणाली र राजनीतिक प्रभावबारे बहस चर्काएको छ। विपक्षीहरूले यसलाई राष्ट्रपति पदको शक्ति दुरुपयोग भनेका छन् भने समर्थकहरूले यसलाई राजनीतिक प्रेरित मुद्दाविरुद्धको कदमका रूपमा देखेका छन्।

 

 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर