बर्खायाम सुरु भएसँगै पोखरा–जोमसोम हवाई रुटमा यात्रुको सङ्ख्या घटेपछि निजी वायुसेवा कम्पनीहरूले आगामी दुई महिनाका लागि उडान स्थगित गर्ने निर्णय गरेका छन्। तारा एअरलाइन्सले असार २ गतेदेखि जोमसोम उडान स्थगन गरिसकेको छ।
कम्पनीका जोमसोम स्टेशन इञ्चार्ज सुजन लालचनका अनुसार यात्रु संख्या कम हुनु र मौसम प्रतिकूल हुनुका कारण यस्तो निर्णय गरिएको हो। त्यस्तै, समिट एअरलाइन्सले पनि असार २० गतेदेखि दुई महिनाका लागि उडान बन्द गर्ने तयारी गरेको छ।
जोमसोम नागरिक उड्डयन कार्यालयका प्रमुख दीपक पोखरेलले पनि मनसुन सुरु भएसँगै यात्रु घटेको पुष्टि गरेका छन्। उनका अनुसार, हाल तारा एअरलाइन्सले उडान बन्द गरिसकेको छ भने समिट एअरलाइन्सले केही दिनमै उडान स्थगित गर्ने जानकारी दिएको छ।

















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया