भोलि थाइल्याण्डमा प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुने

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र २१ गते
भोलि थाइल्याण्डमा प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुने

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भोलि (शुक्रबार) अपराह्न थाइल्याण्डमा भेटवार्ता हुने भएको छ। बिम्स्टेक सम्मेलनको साइडलाइनमा हुने यो वार्ताका लागि तयारी पूरा भएको छ।

प्रधानमन्त्री ओली बिम्स्टेक सम्मेलनमा भाग लिन थाइल्याण्ड पुगेका छन्, जहाँ उनले बुधबार थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावातसँग भेटवार्ता गरेका थिए। उक्त भेटमा परराष्ट्रमन्त्री आरजु राणा देउवा, मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार युवराज खतिवडा लगायत सहभागी थिए।

यसअघि, ओली र मोदीबीच असोज ७ गते अमेरिकाको न्यूयोर्कमा संयुक्त राष्ट्रसंघको महासभा दौरान लोटे न्यूयोर्क प्यालेस होटलमा करिब ३० मिनेटको भेटवार्ता भएको थियो।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स