संघीय संसद् सचिवालयले सांसदहरुलाई शपथ ग्रहणका लागि उपस्थित हुन आह्वान गरेको छ।
सचिवालयले जारी गरेको सूचनाअनुसार, सांसदहरूले चैत १२ गते दिउँसो २ बजे सिंददरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्षमा उपस्थित हुनुपर्नेछ।
सूचनामा भनिएको छ, ‘सबै सांसदहरूले निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधिसभा सदस्य पदको सक्कल प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, र हालसालै खिचिएको पासपोर्ट साइजको फोटो दुई प्रतिलिपिसहित उपस्थित हुनुपर्नेछ।’ सांसदहरूले चाहेमा औपचारिक पोशाक वा आफ्नो सांस्कृतिक पहिचानको पोशाकमा उपस्थित हुन सक्ने व्यवस्था गरिएको छ।
साथै, नेपाली भाषाबाहेक आफ्नो मातृभाषामा शपथ लिन चाहने सांसदहरूले कम्तीमा तीन दिनअघि त्यसको जानकारी संसद् सचिवालयलाई दिनुपर्ने छ।


प्रतिकृया