पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा आवेदन दिने समय थप गरिएको छ। कम्पनीले पुस २५ गतेदेखि उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि खुला गरेको आईपीओको आवेदन अवधि माघ ११ गतेसम्म लम्ब्याएको हो।
कम्पनीले ३ अर्ब ७५ करोड रुपैयाँ जारी पुँजीको २० प्रतिशत, अर्थात ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो। यसमध्ये जारी पुँजीको ५ प्रतिशत, अर्थात १८ करोड ७५ लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका १८ लाख ७५ हजार कित्ता साधारण सेयर उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्काशन गरिएको हो।
कम्पनीका अनुसार उक्त सेयर पश्चिम नवलपरासी (साविक नवलपरासी जिल्ला) तथा खानी रहेको पाल्पा जिल्लाका उद्योग तथा खानी प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि छुट्याइएको छ।आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। स्थानीय बासिन्दाले नबिल बैंकका तानसेन, बर्दघाट, बुलिबटार र गैंडाकोट, प्रभु बैंकका पाल्पा, बर्दघाट, परासी र बेलातारी, तथा सिद्धार्थ बैंकका पाल्पा, बर्दघाट र परासी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। उद्योग तथा खानी प्रभावित क्षेत्रका बासिन्दाले सेयर खरिद आवेदन फारामका लागि दरखास्त फाराम बापत २ रुपैयाँ शुल्क बुझाउनु पर्ने व्यवस्था गरिएको छ।













प्रतिकृया