वैदेशिका लागि निष्काशन गरेको पाल्पा सिमेन्टको आईपीओ बाँडफाँड, कसरी हेर्ने नतिजा ?

वैदेशिका लागि निष्काशन गरेको पाल्पा सिमेन्टको आईपीओ बाँडफाँड, कसरी हेर्ने नतिजा ?

पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरेको आईपीओको बाँडफाँड शुक्रबार सम्पन्न भएको छ। कम्पनीको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङको कार्यालयमा आज बाँडफाँड गरिएको हो।

कम्पनीले पुस २५–३० गते ५ लाख ६२ हजार ५ सय कित्ता सेयर निष्काशन गरेको थियो। यसमा कुल ७५ हजार १६२ जनाले आवेदन दिएका थिए। मागभन्दा बढी आवेदन भएकाले गोलाप्रथामार्फत बाँडफाँड गरिएको हो। बाँडफाँडमा भाग्यमानी ५६ हजार २५० जनाले १०-१० कित्ताका दरले सेयर पाएका छन् भने बाँकी १८ हजार ९१२ जनाको हात खाली भएको छ।

कसरी हेर्ने आईपीओको नतिजा ?

1. नबिल इन्भेष्टमेन्टको वेबसाइट

2. सीडीएससी आइपीओ रिजल्ट पोर्टल

3. मेरो सेयर एकाउन्ट बाट

आवेदकहरूले आफ्नो बोली लगाएको डीपी आइडी र अन्य विवरणहरू प्रविष्ट गरी नतिजा हेर्न सक्नेछन्।

620460709 844609165248385 977640145369441878 n e1769154795197 https://bajarkochirfar.com/palpa-cements-ipo-allotment-issued-abroad-how-to-view-the-results | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स