पाल्पा सिमेन्ट इण्डष्ट्रीज र शिखर पावर डेभलपमेन्ट लिमिटेडको नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज शुक्रबारबाट सेयर कारोबार सुरु भएको छ।
नेप्सेको स्पेसल प्रि-ओपन सेसनमार्फत पाल्पा सिमेन्ट इण्डष्ट्रीजको पहिलो कारोबार प्रतिकित्ता ३०० रुपैयाँमा भएको थियो। हिजो बिहिबार नेप्सेमा कम्पनीका ३ करोड ७५ लाख कित्ता सेयर सूचीकृत भएका थिए। नेप्सेले पहिलो कारोबारका लागि १०० रुपैयाँदेखि ३०० रुपैयाँको रेन्ज तोकेको थियो। सोही रेन्जभित्र पहिलो कारोबार ३०० रुपैयाँमै भएको हो। कारोबार सुरु भएको केहि समयमा कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेर ३३० पुगेको हो ।

त्यस्तै, नेप्सेको स्पेसल प्रि-ओपन सेसनमार्फत शिखर पावर डेभलपमेन्टको पहिलो कारोबार प्रतिकित्ता २८४.३० रुपैयाँमा भएको थियो। हिजो बिहिबार नेप्सेमा कम्पनीका ९८ लाख कित्ता सेयर सूचीकृत भएका थिए। नेप्सेले पहिलो कारोबारका लागि ९४.७८ रुपैयाँदेखि २८४.३४ रुपैयाँको रेन्ज तोकेको थियो। सोही रेन्जभित्र पहिलो कारोबार २८४.३० रुपैयाँमै भएको हो। कारोबार सुरु भएको केहि घण्टामा कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेर ३१२.७० पुगेको हो ।


प्रतिकृया