पाकिस्तानको पञ्जाब सरकारले ७०० अर्ब पाकिस्तानी रुपैयाँभन्दा बढीको सुनको ठूलो भण्डार फेला पारेको जानकारी दिएको छ। पञ्जाब प्रान्तका खानी तथा खनिज मन्त्री सरदार शेरअली गोर्चानीका अनुसार, अटक जिल्लामा २८ लाख तोला (३२ हजार ६५८ किलो) बराबरको सुनको भण्डार भेटिएको हो।
उनका अनुसार, पाकिस्तानको भूगर्भ सर्वेक्षणले गत वर्ष अटक जिल्लामा सुनको अध्ययन सुरु गरेपछि यो ठूलो भण्डार फेला परेको हो। मन्त्री गोर्चानीका अनुसार, अन्तर्राष्ट्रिय बजारमा सो सुनको मुल्य लगभग ६०० देखि ७०० अर्ब पाकिस्तानी रुपैयाँ बीचमा रहेको अनुमान गरिएको छ।
सरकारले सुनको लिलामी प्रक्रिया सुरु गर्ने तयारी गरेको जनाएको छ। यसका लागि आवश्यक नियमहरू बनाइएका छन् र यो प्रक्रिया एक महिनाभित्र सुरु हुने जानकारी पनि दिएको छ। पाकिस्तानको भूगर्भ सर्वेक्षणले अटक जिल्लाका १२७ स्थानमा नमूना सङ्कलन गरेको थियो।
मन्त्री गोर्चानीले यसलाई पाकिस्तानको खनिज सम्पदाको पर्दाफास गर्ने महत्वपूर्ण कदमका रूपमा सम्बोधन गर्दै, यसले देशको अर्थतन्त्रलाई बलियो बनाउन र आगामी पुस्ताका लागि नयाँ अवसरहरूको सिर्जना गर्न मद्दत पुर्याउने बताए।








![थोरै पूँजीमा सफल व्यवसायी बन्ने शुत्र [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/zHtv0UA8b78-maxresdefault-768x432.jpg)








![थोरै पूँजीमा सफल व्यवसायी बन्ने शुत्र [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/zHtv0UA8b78-maxresdefault-150x150.jpg)
![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)



प्रतिकृया