कार्यकाल सकिन लागेका राष्ट्रपति बाइडेनले दिए ३९ जना अपराधीलाई माफी, १५ सय जनाको सजाय कम

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर २८ गते
कार्यकाल सकिन लागेका राष्ट्रपति बाइडेनले दिए ३९ जना अपराधीलाई माफी, १५ सय जनाको सजाय कम
AdvertisementAds

अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार करिब एक हजार पाँच सय अपराधीको सजाय कम गरेका छन् । त्यसैगरी, उनले ३९ जनालाई अहिंसात्मक अपराधका लागि माफी दिएका छन्। यसलाई ह्वाइट हाउसको अनुसार अमेरिकी इतिहासमा माफी दिएको यो अहिलेसम्मकै ठूलो संख्या हो । ह्वाइट हाउसले सजाय कम गरिएका करिब एक हजार पाँच सय मानिसले कम्तीमा एक वर्षदेखि सजाय भोगिरहेको बताएको छ।

‘सफल पुनःस्थापना देखाउने ३९ जनालाई म क्षमा गर्दछु’, बाइडेनले विज्ञप्तिमा भने, ‘लामो जेल सजाय भोगिरहेका लगभग एक हजार पाँच सय व्यक्तिको सजाय पनि कम गर्दै छु।’  ‘अमेरिका सम्भावना र दोस्रो अवसरको प्रतिज्ञामा निर्माण भएको हो’, बाइडेनले भने, ‘राष्ट्रपतिको हैसियतमा मलाई पश्चाताप र पुनःस्थापना देखाउने व्यक्तिहरूप्रति दया विस्तार गर्ने महान् विशेषाधिकार छ।’

यसै महिनाको प्रारम्भमा बाइडनले आफ्ना छोरा हन्टर बाइडनको सजाय पनि माफी दिएको थिए । कार्यकाल सकिन लागेका समयमा यस्तो कदम चालेकोमा उनले आलोचना समेत सामना गर्नु परेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स