insta insta

अर्थमन्त्री पौडेललाई चीन पठाउने सहित यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णयहरु

अर्थमन्त्री पौडेललाई चीन पठाउने सहित यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णयहरु
Advertisement Ads

सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकमार्फत विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरेको छ। बैठकले राष्ट्रिय योजना आयोगका सदस्य डा. खायबहादुर टण्डनलाई Expo 2025 का लागि इजरायल जाने, र अर्थमन्त्री विष्णु पौडेललाई एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा सहभागी हुन चीन पठाउने स्वीकृति दिएको छ।

साथै, नेपाल–चीन व्यापार सहजीकरण समितिको बैठकका लागि वार्ता टोली गठन गरिएको छ। निर्माण व्यवसाय, प्राचीन स्मारक संरक्षण सम्बन्धी विधेयक तर्जुमा, तथा गुणस्तर प्रमाणीकरण नियमावली संशोधनका प्रस्ताव स्वीकृत गरिएका छन्।

स्वास्थ्य मन्त्रालयतर्फ डा. केशरबहादुर ढकाल र डा. श्रीकृष्ण श्रेष्ठलाई अतिरिक्त सचिवमा बढुवा गरिएको छ भने लम्कीचुहा अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्ने निर्णय भएको छ। सैनिक अधिकृतहरूको बढुवा, सरुवा, र वैदेशिक भ्रमण स्वीकृति लगायत प्रशासनिक केन्द्र स्थानान्तरणसमेत बैठकको निर्णयमा परेका छन्।

Screenshot 2025 06 11 131150 https://bajarkochirfar.com/other-decisions-of-the-cabinet-meeting-including-sending-finance-minister-poudel-to-china | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स