प्रहरी प्रतिष्ठानको जग्गा राष्ट्रपति कार्यालयलाई नदिइनेसहित यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णयहरु

बजारको चिरफार
बजारको चिरफार
२०८३ बैशाख १० गते
प्रहरी प्रतिष्ठानको जग्गा राष्ट्रपति कार्यालयलाई नदिइनेसहित यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णयहरु

आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले तीन महत्वपूर्ण निर्णय गरेको छ।

बैठकले Integrated Water Supply & Sewerage Management Project का लागि एसियाली विकास बैंकबाट प्राप्त हुने ११५ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋणसम्बन्धी वित्तीय सम्झौता तथा अन्य कागजातलाई अन्तिम रूप दिन अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ।

यसैगरी, २०७५ भदौ १ गतेको मन्त्रिपरिषद् निर्णयअनुसार महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको १ सय १४ रोपनी ३ आना जग्गा राष्ट्रपति कार्यालयको नाममा हस्तान्तरण गर्ने निर्णयलाई खारेज गर्दै सो जग्गा पूर्ववत् रूपमा प्रतिष्ठानकै प्रयोगमा रहने निर्णय गरिएको छ।

त्यसैगरी, सरकारी निकायहरूमा प्रयोग भइरहेका सफ्टवेयर तथा सूचना प्रविधिसम्बन्धी विषय अध्ययन गर्न सूचना तथा सञ्चार प्रविधि सल्लाहकारको संयोजकत्वमा अध्ययन कार्यदल गठन गर्ने निर्णय पनि गरिएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स