राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसद हरि ढकालले पार्टीको अभिमुखीकरण कार्यक्रममा आफ्ना अनुभव बाँड्ने र नयाँ कुरा सिक्ने अवसर पाएर उत्साहित भएको बताएका छन्। काठमाडौंको ग्वार्कोस्थित होटल रोयल ट्युलिपमा बुधबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आगामी पाँच वर्ष जनअपेक्षाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
ढकाल चितवन क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ निर्वाचित सांसद हुन् र यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित भइसकेका छन्। उनले अघिल्लो कार्यकाल छोटो भएको तर त्यसमा सिकेका अनुभवहरू नयाँ सांसदसँग साझा गरेको जानकारी दिएका छन्।
सांसद ढकालले संसद्मा सुशासनका लागि मुहानदेखि नै काम गर्नुपर्नेमा जोड दिँदै भने, “मुख्य कुरा मुहान हो। मुहान सफा भएपछि मात्रै तलसम्म संग्लो हुने हो। अबको पाँच वर्ष जनअपेक्षाअनुसार सुशासनका लागि मुहानदेखि नै काम हुनेछ।” उनले अभिमुखीकरणमा बजेट निर्माण र अन्य अनुभवसम्बन्धी सेसन पनि चलाइएको बताए।











![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)




![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया