वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आजबाट ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओ खुला

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आजबाट ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओ खुला
AdvertisementAds

ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले आज (माघ २१) गतेदेखि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गरेको छ। पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री खुला गरिएको हो।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिएर १०० अंकित मूल्यमा ६० करोड रुपैयाँको जारी पुँजीको ३० प्रतिशत अर्थात् १८ लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो। यसमध्ये पहिलो चरणमा कुल कित्ताको १० प्रतिशत अर्थात् १ लाख ८० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि खुला गरिएको छ। आवेदन फागुन ५ गतेसम्म दिन सकिनेछ, जहाँ श्रम स्वीकृति प्राप्त नेपालीहरूले न्यूनतम १० कित्ता देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

केयर रेटिङ नेपालले ओम मेगाश्रीलाई ‘CARE-NP BB-’ (डबल बी माइनस) रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व समयमै भुक्तानी गर्न मध्यमस्तरको जोखिम रहेको संकेत गर्दछ। आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स