अब त संसद खुल्छ गृहमन्त्रीले किन राजीनामा दिने भन्या?: शेरबहादुर देउवा 

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ २२ गते
अब त संसद खुल्छ गृहमन्त्रीले किन राजीनामा दिने भन्या?: शेरबहादुर देउवा 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गृहमन्त्री रमेश लेखकको राजीनामा दिनुपर्ने कुनै कारण नरहेको बताएका छन्। ‘भिजिट भिसा प्रकरण’ का कारण विपक्षी दलहरूले संसद अवरुद्ध गरिरहेका बेला देउवाले यस्तो प्रतिक्रिया जनाएका हुन्।

जनकपुरधाममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संसद अवरोध चाँडै अन्त्य हुने विश्वास व्यक्त गरे। देउवाले गृहमन्त्रीको पक्षमा बोल्दै भने, “अब त खुल्नुपर्ने हो, अब खुल्छ। किन राजीनामा दिने भन्या?”

उनका अनुसार कतिपय विषयमा असहमति भए पनि त्यसकै आधारमा राजीनामा माग्नु आवश्यक छैन। उनले सत्ता गठबन्धन सुदृढ रहेको र सरकार सहज रूपमा अघि बढिरहेको पनि बताए। साथै, वर्तमान सरकारले आफ्नो कार्यकाल २०८४ सालसम्म पूरा गर्ने दाबी पनि उनले गरे।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स